logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरहामा डिएसपीसहित ७ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
728
Shares

सिरहामा नेपाल प्रहरीका एक प्रहरी नायब उपरीक्षक (डिएसपी) सहित थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी प्रमुख सहित चार प्रहरी कर्मचारी, एक थुनुवा, मिर्चैयास्थित नेपाल बङ्गलादेश बैंकका एक कर्मचारी र मिर्चैया नगरपालिका–४ का एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

सङ्क्रमितहरु २५ देखि ५५ वर्ष उमेर समूहका रहेका छन् । सङ्क्रमित सबैलाई आइसोलेसनमा भर्ना गरिएको छ । यो सँगै सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या २७४ पुगेको छ भने त्यसमध्ये २०९ कोरोना जितेर घर फर्किसकेका छन् । कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ ।