logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा  थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २८,९३८  पुग्यो


अंकुरण खबर
975
Shares

नेपालमा थप ६८१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप  ६८१  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९३८  पुगेको छ । संक्रमितमध्ये १७ हजार ७०० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १२० जनाको मृत्यु भएको छ ।

आज मात्रै १२० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।