logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए १५९ जना कोरोना संक्रमित


अंकुरण खबर
741
Shares

काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १३४ जना, ललितपुरका १७ जना र भक्तपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २ हजार ४७८ पुगेको छ । जसमध्ये काठमाडौंका १ हजार ९८८, ललितपुरका ३५८ र भक्तपुरका १६९ जना छन् ।

केही दिनयता काठमाडौंमा दैनिक सयभन्दा बढी संक्रमित थपिइरहेका छन् ।