काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेदेखि १० भाद्रसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना संक्रमणको रोकथामका लागि भन्दै सरकारले आज विहानबाट अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन बन्देज लगाएको हो ।
यसअघि कोरोना महामारीका कारण एक जना संक्रमित देखिएपछि सरकारले गत चैतबाट लकडाउन गरेको थियो । लकडाउन जारीरहँदा संक्रमित नघटेपनि सरकारले लकडाउन खुकुलो पार्यो । लकडाउन खुकुलो पारेसंगै उपत्यकामा दैनिक संक्रमितको संख्या बढेसंगै उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
अत्यावश्यक बाहेकमा घरबाट निस्कन नपाइने सुचना जारी भइसकेको छ । मर्निङ वाक र इभिनिङ वाक गरेमा पनि जरिवाना गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा छुट पाउने / नपाउने वस्तु तथा सेवाको सूची सार्वजनिक गरेको छ ।
यी सेवा सञ्चालन गर्न पाइने :
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमल पाण्डेका अनुसार निषेधाज्ञाको समयमा खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा सञ्चालन गर्न पाइनेछ ।
त्यस्तै बीउबिजन, मासुजन्य पदार्थ, दाना र भेटरीनरी, बैंक, बिमा, औषधिजन्य सामग्री, स्वास्थ्यसँग सम्बन्धित अन्य सामग्री, खानेपानी, ग्यास, पेट्रोलियम पदार्थ, फोहोर मैला व्यवस्थापन आदि सेवा पनि सञ्चालन हुने प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै, एम्बुलेन्सरशव वाहन/दमकल, कूटनीतिक नियोग, डाक तार वा टेलिफोन सेवा, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी कार्य, सञ्चार सेवा, विद्युत सेवा, मृत्यु संस्कार सम्पन्न गराउने व्यक्ति चढेको सवारी साधन निषेधाज्ञामा सञ्चालन हुन पाउँछन् ।
यी क्षेत्र खोल्न र चल्न निषेध:
अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन निषेध
अत्यावश्यक सेवाबाहेक सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन निषेध
अत्यावश्यक सेवाबोहक काठमाडौं उपत्यकाभित्र सवारी साधन प्रवेश निषेध
काठमाडौं उपत्यकाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन निषेध
नियमित अत्यावश्यक सेवा सञ्चालन गर्नुपर्ने कार्यालय र कर्मचारीको परिचयपत्रका आधारमा मात्र आवतजावत गर्न पाउने
मेला महोत्सव, जात्रा सञ्चालन गर्न, भीडभाड गर्न, सभा जुलुस गर्न निषेध
फुटपाथ वा खुल्ला ठाउँमा ठेलागाडा वा साइकल सञ्चालन गरी व्यवसाय सञ्चालन गर्न तथा कवाडी संकलन गर्न निषेध
होटल, रेष्टुँरा सञ्चालन निषेध
शैक्षिक संस्था, खेलकुद सञ्चालन निषेध