logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थपिए ६ जना कोरोना संक्रमित


अंकुरण खबर
754
Shares

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विहान दिएको जानकारी अनुसार नयाँ संक्रमण पुष्‍टि हुनेमा कास्कीका ३ जना, तनहुँका २ जना र स्याङ्जाका १ जना छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १८१८ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं ५ का १४ वर्षीय बालक र १६ वर्षीय बालिकामा संक्रमण देखिएको ५ भने पोखरा-८ की ४२ वर्षीया महिलामा पनि संक्रमण देखिएको छ ।

त्यसैगरी तनहुँको भानु नगरपालिकाका २७ र ३८ वर्षीय दुईजना पुरुषमा पनि संक्रमण देखिएको छ भने स्याङ्जाको गल्याङ नगरपालिका निवासी ४० वर्षीया महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।