पोखरा महानगरपालिका वडा नं ७ मा १६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालका अनुसार स्याङ्जा गइ पोखरा फर्किएका प्रहरीमा संक्रमण देखिएको हो ।
पोखरा मालेपाटन स्थित कृषि तालिम केन्द्रको क्वारेन्टिनमा रहेका उनिहरु स्याङ्जामा प्रहरीलाई कोरोना देखिएर जिल्ला प्रहरी कार्यलय सिल भएपश्चात कास्कीबाट सुरक्षाका लागि प्रहरी स्याङ्जा गएका थिए ।
उनीहरुको अवस्था सामान्य रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।