logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

उपत्यकाबाट निषेधाज्ञा पालना नगर्ने एक हजार सवारीसाधन नियन्त्रणमा


अंकुरण खबर
4.134K
Shares

निषेधाज्ञाको पालना नगर्ने करिब एक हजार सवारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्राफिक महाशाखाका प्रवक्ता एसपी वामदेव गौतमका अनुसार दिउँसो १ बजेसम्ममा ८ सय ९३ वटा सवारी नियन्त्रणमा लिइसकिएको छ ।

उपत्यकाका ४० ठाउँमा प्रहरीले सवारी चेकिङ गरिरहेको छ। अत्यावश्यकबाहेकका सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

बुधबार रातिदेखि एक साताका लागि तीनवटै कडा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञामा अत्वाश्यक कामबाहेक हिँड्डुल गर्नेलाई कारबाही गरिने एसपी गौतमले बताए।

यता महानगरीय प्रहरी कार्यालयका अनुसार झण्डै १२ सय जनालाई राजधानीका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको छ। उनीहरुलाई सडकमै एक घण्टा उभ्याएर पठाइएको कार्यालयले जनाएको छ।