सप्तरीमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजस्थित प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार मृत्यु भएका राजविराज नगरपालिका-४ का २८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
निमोनियाले ग्रस्त भइ राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना भएका युवकको थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुग्ने वित्तिकै मंगलबार मृत्यु भएको थियो ।
धरानबाट राजविराज ल्याएपछि मंगलबार राति कोरोना संक्रमणको आशंकामा अस्पतालले उनको स्वाब संकलन गरेको थियो । स्वाब संकलनपछि अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाएको थियो। राजविराजमा शवको अन्त्येष्टि गरिएको थियो।
बुधबार राती उनको परीक्षण रिपोर्ट पोजिटिभ आएको र प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्य होम क्वारेन्टाइनमा रहेको परिवारका सदस्यले बताएका छन् ।