म्युजिक भिडियो बनाउँदा राष्ट्रिय झण्डा जलाउने समूहलाई प्रहरीले ‘राज्यविरुद्धको कसुर’मा मुद्दा चलाउने भएको छ।
गायक ग्याल्जेन दोर्जे तामाङसहितकको समूहले म्युजिक भिडियो देशद्रोही बनाउँदा राष्ट्रिय झण्डा जलाएका थिए। त्यसमा संलग्न १० जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ।
उनीहरुमाथि राज्यविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। त्यसमा थप अनुसन्धान लागि हिरासतमा राख्न म्याद थप गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले बताए।
उनीहरुले मकवानपुरमा म्युजिक भिडियो छायांकन गरेका थिए। मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको थियो ।
‘देशद्रोही’ शीर्षकको गीतमा राष्ट्रिय झन्डा जलाइएको दृश्य समावेश गरिएपछि सामाजिक सञ्जालमा त्यसको चर्को विरोध भइरहेको छ । गीतमा राष्ट्रिय झन्डा र नेपाली राष्ट्रियताको सन्दर्भमा समेत ‘अपमानजनक’ शब्दहरु प्रयोग गरिएको छ ।