logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिम प्रदेशमा ४७ जनामा देखियो कोरोना संक्रमण


अंकुरण खबर
702
Shares

सुदूरपश्चिम प्रदेशमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशलामा गरिएको परीक्षणको क्रममा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा डडेल्धुरा अस्पतालको प्रयोगशलामा ३ सय ७० जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएकोमा  ४७ जनामा कोरोना संक्रमण देखिएको डडेल्धुराको अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूषालले जानकारी दिईन् ।

थपिएका संक्रमितमध्ये सबैभन्दा बढी अछाम जिल्लाका ३० जना, अछामको साँफेबगर नगरपालिका र मल्लेख गाउँपालिकामा १५–१५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यस्तै, डोटीको आदशर्श गाउँपालिकाका १६ र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका १ जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।