logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए दुई सय कोरोना संक्रमित


अंकुरण खबर
988
Shares

काठमाडौं उपत्यकामा थप दुई सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप दुई सय जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौंका १७४ जना, ललितपुरका १८ जना र भक्तपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

केही दिनयता काठमाडौंमा दैनिक सयभन्दा बढी संक्रमित थपिइरहेका छन् ।