logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशमा ३३ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
949
Shares

कर्णाली प्रदेशमा आज थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार सबैभन्दा धेरै दैलेखका १८ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ७, पर्साका ३, बाराका २ तथा बाँकेका ३ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै सुर्खेत, कालिकोट, रुकुम पश्चिम, अछाम, महोत्तरी र काठमाडौंका १–१ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका विभिन्न स्थानीय तहका ७ जनामा कोरोना पुष्टि भएको छ । अहिले थपिएका ३३ जनासहित कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २ हजार १६३ पुगेको छ ।

जसमध्ये १ हजार ९४५ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन्। प्रदेशमा अहिलेसम्म कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।