logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज हरितालिका तीज पर्व मनाइदै, राष्ट्रपति भण्डारीद्धारा कोरोनाबाट जोगिदै तीज मनाउन आग्रह


अंकुरण खबर
3.965K
Shares

नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज आज मनाइदै छ ।

विगतका वर्षहरुमा देशैभरका शिवालयहरुमा श्रीमहादेवको पुजा आरधाना गरि मनाइने तीज यस वर्ष भने कोरोनाका कारण घरमानै शिवको पुजा गरि मनाइदैं छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । संस्कृत भाषाका हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तीजको व्रत बस्नाले आफ्नो श्रीमान,छोराछोरीको शुस्वास्थ दीर्घायु हुने र अविवाहीत हरुले राम्रो असर श्रीमान पाउने जनविश्वास रहदै आएको छ । त्यस्तै पुरुषहरुले व्रत वस्ता श्रीमतीको राम्रो हुने र अविवाहित भए सर्वगुण युक्त वधु पाउँने विश्वास रहेको छ ।

तीजकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै तीज मनाउन आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले तीजका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै चाड मनाउन आग्रह गरेकी छिन् ।