चितवनको भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप २६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
चितवनका १९ जना सहित २६ जनामा पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । जसमध्ये भरतपुरका ८ जना पुरुष र ११ जना महिला छन् । त्यसैगरि राप्ती नगरपालिकाका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
भरतपुरमा जाँच गरिएका नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक–एक जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । भरतपुर ल्यावमा गएराति २ सय ८० जनाको स्वाब परीक्षण गरिएको थियो ।