logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन


अंकुरण खबर
1.014K
Shares

सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्नका लागि समिति गठन गरेका हुन् ।

मन्त्रालय वा विभागको ११ औं तहका कर्मचारीको संयोकत्वमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका शाखा अधिकृत र मन्त्रालयकै जनस्वास्थ्य अधिकृत सदस्य रहेको तीन सदस्यीय समिति गठन गरिएको हो ।

समितिले प्रदेशमा कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न आइपर्ने समस्यालाई प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वय गर्ने र कोरोना संक्रमण बाहेकको अन्य नियमिति सेवा प्रवाह गर्न समन्वय गर्नेछ ।

तीन हप्ता समय दिइएको समितिले स्थलगत अवस्थाको अध्ययन गरी प्रदेशमा रहेका अस्पताल, स्थानीय तह, प्रदेश स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय, प्रादेशिक प्रयोगशाला, प्रदेश आपूर्ति केन्द्र एवम् सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी कोरोनाका बिरामीलाई सघन उपचार कक्ष र भेन्टिलेटरमा व्यवस्था गर्नेछ ।

यस्तै समितिले कन्ट्याक ट्रेसिङलाई प्रभावकारी बनाउन समन्वय गर्ने, नेपाल प्रवेश गर्ने नाकाबाट प्रवेश गर्ने व्यक्तिलाई अनिवार्य रुपमा मापदण्डअनुसार क्यारेन्टिन र होल्डिङ सेन्टरमा राख्ने र अनिवार्य रुपमा पिसिआर परीक्षणको व्यवस्थाको समन्वय गर्ने बताइएको छ ।

हब तथा सेटलाइट अस्पतालबाट स्वास्थ्यकर्मी तथा अन्य सहयोगी कर्मचारी, आइसियु र भेन्टिलेटरका साथै एम्बुलेन्स सेवा व्यवस्थापनको काम पनि समितिले गर्नेछ ।