logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
2.054K
Shares

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका–५ का  ७४ वर्षीय पुरुषको नारायणी अस्थायी कोरोना वीरगन्ज हेल्थ केयर अस्पतालमा बिहीबार बेलुकी पौने ७ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबार स्वाब संकलन गरी जेन एक्सपर्ट विधिबाट परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

ट्राभल हिस्ट्री नभएका ती वृद्धलाई ज्वरो र खोकीको समस्या थियो । यो सँगै पर्सामा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २५ पुगेको छ ।