नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ ।
पछिल्लो मृत्यु हुनेमा दोलखाका ३० बर्षिय महिलाको उपचारको क्रममा ललितपुरस्थित पत्न अस्पतालमा शुक्रबार निधन भएको छ ।
ति महिलालाई भदौ २ गतेदेखि पाटन अस्पतालमा उपचारत रहेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र ललितपुरले जानकारी दिएको छ ।
त्यस्तै पाटन अस्पतालमा उपचारत सर्लाहीको मलंगवा निवासी ४६ बर्षिय पुरुषको पनि शुक्रबार मृत्यु भएको छ ।
उनी श्रावण ३१ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका थिए ।
