logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु


अंकुरण खबर
741
Shares

विराटनगरमा एक जना कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ ।

कोरोना संक्रमण भएर पनि घरमै बसिरहेका विराटनगर ६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको वडाध्यक्ष विजय कामतले बताए। मृतक मधुमेह र उच्च रक्तचापबाट पीडित थिए।

उनको ३ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो। मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली आइसकेको वडाध्यक्ष कामतले बताए।

विराटनगरमा होम आइसोलेसनमा बसेका संक्रमितको पहिलो पटक मृत्यु भएको हो।