logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुबईमा अलपत्र नेपाली ल्याउन सरकारले दियो अनुमति


अंकुरण खबर
988
Shares

चौतर्फी विरोधपछि अन्ततः सरकारले दुबईको विमानस्थलमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन अनुमति दिएको छ ।

उनीहरुलाई ल्याउन गत मंगलबार दुबई पुगेको नेपाल एयरलाइन्सको विमान सीसीएमसीले उद्धार उडान गरेर ल्याउन नदिएपछि खाली फर्किएको थियो ।

विमान खाली फर्किएपछि सरकारको चौतर्फी विरोध भएको थियो । विमानस्थलमा रहेका नेपालीलाई ल्याउन सरकारले अनुमति दिएको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेर नेपालीलाई स्वदेश ल्याउन अनुमति दिएको पत्र निगममा पुगेको खड्काले जानकारी दिइन् । दुबईमा अलपत्र २६२ जनालाई आइतबार नेपाल ल्याउने तयारी भएको उनले बताइन् ।

स्वदेश फर्किन एयरपोर्टसम्म आइसकेका यात्रु फर्किन नपाएपछि विचल्लीमा परेका छन् । सोही दिन टर्किस एयरलाइन्सले भने २०१ यात्रु लिएर नेपाल आएको थियो ।

विमान खाली फर्किएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र सीसीएमसीका संयोजकसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलबीच मन्त्रिपरिषद् बैठकमा विवादसमेत भएको थियो ।