logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्यटन मन्त्रालयका शाखा अधिकृतलाई कोरोना पुष्टि


अंकुरण खबर
663
Shares

सिंहदरबारमा पनि कोरोनाभाइरस संक्रमित कर्मचारी भेटिन थालेका छन् ।

सिंहदरबारभित्र रहेको पर्यटन मन्त्रालयका कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण देखिएको हो ।

संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयमा कार्यरत ३१ वर्षकी महिलालाई कोरोना पुष्टि भएको छ । उनी शाखा अधिकृत हुन् ।

महिलामा संक्रमण देखिएपछि उक्त शाखाका अन्य कर्मचारीलाई कार्यालय नआउन भनिएको छ । ४६ जनाको स्वाब लिइएकोमा एक जनाको मात्र कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।