logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुम्ला र कालिकोटमा थपिए ५६ जना कोरोना संक्रमित


अंकुरण खबर
1.573K
Shares

जुम्ला र कालिकोटमा आज शुक्रबार ५६ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये जुम्लाको हिमा गाउँपालिकाका ५१ र कालिकोटको तिलागुफा नगरपालिकाका पाँच जना छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी टेकबहादुर रोकायाले जानकारी दिए।

संक्रमित सबै समुदायस्तरका हुन् । हिमा गाउँपालिकामा केही दिनअघि ९ जना कोरोना संक्रमित भएका थिए। उनीहरुको सम्पर्कमा आएका मध्ये ५१ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै कालिकोटको नाग्मका व्यापार व्यवसायीहरुमा परीक्षण गर्दा पाँच जनामा संक्रमण देखिएको हो।

समुदायस्तरमा कोरोना संक्रमित भेटिन थालेपछि जुम्लामा हप्ता दिनदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी छ।