logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वभर एकैदिन थपिए दुई लाख ६३ हजार कोरोना संक्रमित


अंकुरण खबर
1.404K
Shares

पछिल्लो २४ घन्टामा विश्वभर दुई लाख ६३ हजार ६ सय एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो समेत हालसम्म संक्रमितको संख्या दुई करोड २२ लाख ५६ हजार दुई सय २० पुगेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले गत ११ मार्चदेखि विश्वभरि कोरोना भाइरस महामारी फैलिएको घोषणा गरेको थियो ।

भाइरसको संक्रमण फैलिन नदिन सबैजसो देशहरूले लकडाउनलगायतका उपायहरू अपनाएका छन् । तर, हालसम्म यसको औषधि नबनेकाले संक्रमण बढ्ने क्रम जारी छ ।