कालीमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी तथा फलफूलको होलसेल बजार राति १२ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ने भएको छ ।
निषेधाज्ञाको पहिलो दिन बिहीबार ती बजार राति १२ बजेदेखि बिहान ७ बजसम्म मात्रै सञ्चालनमा आएको थियो ।
निषेधाज्ञाको कारण बजार खुल्न तरकारी बिक्री हुन छाडेपछि व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा बजार खोल्ने समयावधि बढाउन माग गरेका थिए।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति र स्थानीय जनप्रतिनिधसँगको समन्वयमा बिहान ९ बजेसम्म बजार खोल्न पाउने निर्णय भएको बजार विकास समितिले जनाएको छ।
दैनिक ६ लाख किलो हाराहारी तरकारी भित्रिने बजारमा निषेधाज्ञाको कारण बिहीबार एक लाख ४० हजार किलो मात्रै तरकारी भित्रिएको थियो।