logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

कोरोना संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु


अंकुरण खबर
962
Shares

कोरोना भाइरसको संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय पुरुषको शुक्रबार दिउँसो वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

गत साउन ३२ गते कोरोना पुष्टि भएपछि ती पुरुषलाई वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो। ती पुरुष हाइपरटेन्सन र उच्च रक्तचापका बिरामी पनि रहेको अस्पतालले जनाएको छ।

योसँगै पर्सामा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।