logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमित बढेपछि चितवनमा पुनः निषेधाज्ञा थप


अंकुरण खबर
793
Shares

जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा थप एक साताका लागि निषेधाज्ञा थप गरेको छ ।

जिल्ला प्रशासनमा आज बसेको विपत् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि जिल्लाका माडी नगरपालिकाबाहेक ६ स्थानीय तहमा मात्र निषेधाज्ञा जारी गरिएको थियो । साउन ३० गते पहिलोपटक गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ ।

बैठकले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि र यसको जोखिम न्यूनीकरण र रोकथामका लागि एकसाता थप गरेको बताएको छ । जसअनुसार आज मध्यरातिदेखि भदौ १२ गतेसम्मका लागि निषेधाज्ञा लम्बिएको छ ।

अत्यावश्यक खाद्य सामग्री खरिदका लागि बिहान ५ देखि ८ बजेसम्म र बेलुका ५ देखि ८ बजेको समय तोकिएको छ ।