देशभर १५ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यी सबै बागमती प्रदेशमा हुन् ।
त्यसैगरी देशभर १३३ जना संक्रमित आईसीयूमा छन् । यीमध्ये प्रदेश १ मा १६ जना, २ मा ४६ जना, बागमतीमा ५२ जना, गण्डकीमा ६ जना र प्रदेश ५ मा १३ जना छन् ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने एक जना पनि आईसीयूमा छैनन् ।