पर्सामा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
गएराति एकजना र आज विहान एकजना संक्रमित पुरुषको कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा मृत्यु भएको हो । आज बिहान बहुदरमाई नगरपालिकाका ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी भदौ चार गते अस्पताल भर्ना भएका थिए ।
त्यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर २६ का एक पुरुषको पनि संक्रमणबाट मृत्यु भएको छ । सुगौली विर्ता बस्ने ५८ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।
संक्रमण पुष्टि भएपछि उनी वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । हिजो मात्रै उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमित पुरुषमा खोकी र स्वासप्रस्वासको समस्या देखिएको थियो । योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ । साउन यतामा मात्रै ३१ जनाको मृत्यु भएको छ ।