इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सडकखण्डको चार किलोमा झरेको पहिरो अहिले पन्छाएर सडक सञ्चालनमा आएको छ ।
गए राति करिब १ बजेको समयमा सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो ।