गण्डकी प्रदेशमा फेरि ११ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बिहान ११ बजे अद्यावधिक गरेको विवरण अनुसार कास्कीको पोखरा महानगरपालिकाका ११ जना संक्रमित थपिएका हुन् ।
महानगरको ४, ६ नम्बर वडामा दुई/दुई जना, ८ नम्बर वडामा चार जना र वडा नम्बर ५, ९, १६, २७ र ३० मा एक/एक जना संक्रमित थपिएका हुन् ।
क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। बिहान अद्यावधिक गरेको विवरणमा गण्डकीका विभिन्न जिल्लामा ११ जना संक्रमित थपिएका थिए ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८६८ पुगेको छ। थपिएका सबै संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।