logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरहामा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्‍टि


अंकुरण खबर
1.079K
Shares

सिरहाका एकजना पुरुषमा मृत्युपश्‍चात् कोरोना संक्रमण पुष्‍टि भएको छ ।

भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका वडा नं. ४ का ६८ वर्षीय पुरुषमा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

मधुमेह र उच्च रक्तचापका बिरामी रहेका ती पुरुषको भदौ २ गते गाउँमै स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरेर प्रादेशिक जनस्वनस्थ्य प्रयोगशाला जनकपुरधाम पठाइएको र रिपोर्ट नआउँदै उनको भदौ ३ गते मृत्यु भएको थियो ।

उनको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ्गको काम सुरु गरिसकिएको छ ।