logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा नेता नेपालको सुरक्षामा खटिएका ९ जना प्रहरीमा कोरोना पुष्टि


अंकुरण खबर
2.795K
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

३५ जनाको स्वाब संकलन गरिएकोमा नेता नेपालका पीएसओसहित ९ जनामा सङ्क्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।

नेता नेपाल र उनको परिवारका अरु सदस्यको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ । बिहीबार नेता नेपाल, उनको परिवार, उनको सुरक्षामा खटिएका सुरक्षकर्मीसहित निवासमा रहेका ३५ जनाको स्वाब संकलन गरिएको थियो ।

सङ्क्रमण देखिएका सबैलाई गए राति नै आइसोलेशनमा पठाइसकिएको सचिवालयले जनाएको छ ।