logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

सिन्धुपाल्चोक लिदी पहिरो : थप २ जनाको शव भेटियो, ७ जना अझै बेपत्ता


अंकुरण खबर
1.352K
Shares

गत साउन ३० गते (शुक्रबार बिहान) सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप २ जनाको शव भेटिएको छ ।

आज (शनिबार) ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको सङ्ख्या ३२ पुगेको हो ।

पहिरोमा बेपत्ता अन्यको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा खोजी भइरहेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

पहिरोमा ३७ घर क्षति भएका र ३९ जना बेपत्ता भएका थिए । अहिलेसम्म ३२ जनाको शव फेला परेकोमा ७ जना भने अझै बेपत्ता छन् ।