logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोजपुरमा ३ जना प्रहरीलाई कोरोना पुष्टि


अंकुरण खबर
858
Shares

भोजपुर जिल्लाको पूर्वी अरुण गाउँपालिका–६ जरायोटारस्थित होल्डिङ एरियामा रहेका ३ प्रहरीमा कोरोना पुष्टि भएको छ ।

भदौ २ गते विराटनगरबाट सरुवा भएर भोजपुर गएका सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलका अनुसार विराटनगरस्थित पूर्वी क्षेत्रीय तालिम केन्द्र रानीबाट भोजपुर आएका संक्रमित तीनै जनालाई भोजपुर प्रवेश गर्नुअघि होल्ड गर्न बनाइएको होल्डिङ एरियामा राखिएको थियो ।

गत ३ गते होल्डिङ एरियाका ३२ जनाको पीसिआर परीक्षण गरीको थियो जसमध्ये तीन जनाको रिपोर्ट पाजिटिभ आएको हो ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाले जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।