logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट वीरगञ्जमा एक महिलाको मृत्यु


अंकुरण खबर
1.131K
Shares

वीरगञ्जमा कोरोना संक्रमणका कारण थप १ महिलाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ की ५६ वर्षीया संक्रमित महिलाको गएराति मृत्यु भएको हो ।

गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनी साउन २४ गते अस्पताल भर्ना भएकी थिइन् ।

योसँगै वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । साउन यतामा मात्रै ३२ जनाको मृत्यु भएको छ । वीरगञ्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ३६ मध्ये पर्साका २८ , बाराका ५ र रौतहटका दुई जना छन् ।