अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् ।
कमलबजार नगरपालिका-१ को मुलिमा चट्याङ लागेर चार जना घाइते भएका हुन् ।
घाइते हुनेमा ३५ वर्षीय पूर्णबहादुर भण्डारी, उनकी श्रीमती ३३ वर्षीया मोतीकला भण्डारी, त्यही ठाउँकी १८ वर्षीया तुल्क्षा बजगाईं र १५ वर्षीया डिग्रा बजगाईं रहेका छन् ।
घाइतेहरुको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्ययालय कमलबजारका इन्चार्ज प्रहरी निरीक्षिक (इन्सपेक्टर) लोकेन्द्र सिहं गुरुले जानकारी दिए ।