logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महाराजगञ्ज वृत्तमा एक थुनुवा र पाँच प्रहरीमा कोरोना पुष्टि


अंकुरण खबर
1.105K
Shares

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका एक थुनुवा र पाँच जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको  छ ।

गएको साउन ३० गते मनमैजुमा एक व्यक्तिको हत्या गरेको आरोपमा समातिएका एक थुनुवामा कोरोना पुष्टि भएको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

थुनुवा र प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि अरुको पनि परीक्षण भइरहेको उनले बताए । सङ्क्रमण पुष्टि भएकाहरुलाई आइसोलेशनमा पठाइएको छ ।

सङ्क्रमण पुष्टि भएका प्रहरी थुनुवाको सम्पर्कमा आएका थिए ।