logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ


अंकुरण खबर
936
Shares

१३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ललितपुर–१८ को हरिसिद्धिबाट एक युवक पक्राउ परेका छन् ।

गएराति उनलाई महानगरीय प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ कलिया घर भएका १९ वर्षीय लोकेन्द्रसिंह भण्डारी रहेका छन् ।

ती बालिकालाई सोही ठाउँस्थित चाइनिज इँटाभट्टा नजिक डाँडाको वनमारा झाडीमा जबर्जस्ती करणी गरेको अभियोग लोकेन्द्रमाथि  छ ।

उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान थालेको जनाएको छ ।