logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरामा जारी लकडाउनको समय आज सकिदै, पाँच दिनसम्म थप गर्ने तयारी


अंकुरण खबर
1.027K
Shares

पोखरा महानगरपालिकाले सिफारिस गरेसँगै कास्की जिल्ला प्रशासनले गत मंगलबारबाट जारी गरेको लकडाउनको समय आज बेलुका १२ बजे सकिदैछ ।

पोखरा र आसपासका क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढेसँगै जिल्ला प्रशासन कार्यालय कास्कीलाई पोखरा महानगरपालिकाले लकडाउनको लागि आज पुनः ५ दिन थप गर्नको लागि सिफारिस गरेको हो ।

पोखरा महानगरपालिका भित्रका ३३ वटा वडा मध्ये प्राय वडाहरुमा संक्रमण फैलिसकेको छ । समुदायस्तरमा कोरोना फैलिएको पाइएपछि महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको थियो ।

महानगरपालिकाका मेयर मानबहादुर जीसीका अनुसार अब पुनः ३ देखि ५ दिनसम्म लकडाउन थप गर्नका लागि आफूहरुले जिल्ला प्रशासन कार्यालयसँग आज  (आइतबार) समन्वय गरेको बताएका छन् ।

दैनिक भीडभाड हुने गरेका सो स्थानहरुबाट जोखिम बढेको भन्दै जीसीले अबको लकडाउनमा फरक तरिकाले कार्ययोजना बनाएर अगाडि बढ्ने बताए । महानगरपालिकामा अब ३ देखि ५ दिनसम्म लकडाउन लम्ब्याउने र त्यसछि फरक तरिकाले अगाडि बढ्ने मनस्थितिमा रहेको छ ।