बागमती नदीमा नुहाउन गएका तीन बालिका बेपत्ता भएका छन् ।
ऋषि पञ्चमीको अवसरमा आज बिहान १० बजेको समयमा रौतहट गढीमाई नगरपालिका–७ स्थित बागमती नदीमा नुहाउन गएकी उनीहरु बेपत्ता भएका हुन् ।
सोही ठाउँका धर्मपुरकी १० वर्षीया बालिका पिंकुकुमारी मुखिया, सोही स्थानकी १२ वर्षीया बालिका सुसिताकुमारी दास र सोही स्थानकै १० वर्षीया बालिका चञ्चलकुमारी मुखियालाई बागमती नदीले बगाएको प्रहरीले जनाएको छ ।
उनीहरूको खाजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
ऋषि पञ्चमीको अवसरमा सप्त ऋषिको पुजा गर्न आज बिहानै प्रत्येक घरका महिलाहरू गाउँ नजिकको नदी, खोला तथा जलाशयमा गएर नुहाइ धुवाइ गर्ने तराईमा चलन रहिआएको आएको छ ।