logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
793
Shares

चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा ७ जना चितवनका, १ जना सर्लाही र १ जना तनहुँका रहेको भरतपुर अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालको प्रयोगशालामा विभिन्न जिल्लाबाट १ सय २ जनाको स्वाब संकलन गरिएको थियो । तीमध्ये ९ जनामा कोरोना पुष्टि भएको र बाँकी ९३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।