नेपालमा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आइबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८१८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । संक्रमितमध्ये १८ हजार ६३१ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १४९ जनाको मृत्यु भएको छ।
आज मात्रै २८१ जना कोरोनालाई जितेर घर फर्किएका छन्।
हालसम्म नेपालमा ६ लाख ४ हजार ४४ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ । देशभर सक्रिय संक्रमितको संख्या १३ हजार १५५ छ । जसमध्ये संस्थागत आइसोलेसन ९ हजार २१२ जना रहेका छन् भने होम आइसोलेसनमा ३ हजार ९४३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।