काठमाडौं उपत्यकामा आज आइतबार १६६ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या ३ हजार २४२ पुगेको छ । यीमध्ये काठमाडौंका २ हजार ४९०, ललितपुरका ४२४ जना र भक्तपुरका २५० जना छन्।
केही दिनयता काठमाडौंमा उपत्यकामा दैनिक सय जनाभन्दा बढी संक्रमित थपिइरहेका छन् ।