logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरा गण्डकी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
2.561K
Shares

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) का एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना डेडिकेटेड अस्पतालको रुपमा संचालन गरिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभागमा कार्यरत ३९ वर्षीय पुरुष स्वास्थ्यकर्मी केही दिनदेखि होटल आइसोलेसमा बस्दै आएका र अब उनलाई अस्पतालकै आइसोलेसनमा ल्याइने गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर विनोदविन्दु शर्माले जनाएका छन् ।

योसँगै गण्डकीमा संक्रमितको संख्या १८८० पुगेको छ ।