सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा मुख्यमन्त्री भट्टको निवासको गाडी चालाउँदै आएका व्यक्तिमा कोरोना देखिएको हो ।
२४ वर्षीय उनमा कोरोनाको संक्रमण देखिए पनि कुनै लक्षण भने नदेखिएको जनाइएको छ । हाल उनलाई सेती अस्पतालको आइसोलेसनमा राखिएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।