logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

विराटनगरमा कोरोना संक्रमणबाट ६५ वर्षीय पुरुषको मृत्यु


अंकुरण खबर
1.222K
Shares

विराटनगर महानगरपालिकामा आइतबार राति थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट विराटनगर-८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै महानगरमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ ।

बिहीबार स्वाब संकलन गरिएको मृतकको आइतबार रिपोर्ट पोजिटिभ आएको विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्कीले बताइन् । उनमा संक्रमण पुष्टि भएपछि साँझ ६ बजे कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको तर राति ११ वजे मृत्यु भएको कार्कीले बताइन् ।

मृतकको परिवारमा थप तीन जना संक्रमित रहेकाले तिनीहरुको आइसोलेसनमा व्यवस्थापन गर्ने महानगरले तयारी गरेको छ ।