logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा ५ वर्षीया बालिकासहित थप १२ जनामा कोरोना संक्रमण


अंकुरण खबर
702
Shares

चितवनमा पाँच वर्षीया बालिकासहित थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर महानगरपालिकाको वडा नम्बर ७, ९, १०, ११ र १२ का ५ जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ५ देखि ५५ वर्ष उमेर समूहका छन ।

संक्रमित मध्ये केही भरतपुर महानगरको क्वारेन्टाइन र केही पुरानो मेडिकल कलेजका रहेका छन् ।