नेपाली बजारमा सुनको मूल्यमा सोमबार गिरावट आएको छ ।
सोमबार छापावाल सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाल सुन प्रति तोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।