logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशका पाँच जिल्लामा थपिए ८ कोरोना संक्रमित


अंकुरण खबर
1.313K
Shares

गण्डकी प्रदेशका पाँच जिल्लामा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज बिहान नवलपरासी, तनहुँ र बाग्लुङमा दुई–दु्ई जना तथा म्याग्दी र स्याङ्जामा एक–एक जनामा संक्रमण पुष्टि भएको हो ।

नवलपरासीको विनय त्रिबेणी गाँउपालिकानमा छ बर्षिया बालिका समेत संक्रमित भएकी छन । स्याङ्जा पुतलीबजार र तनहुको ब्यासका दुई जना सेना र म्याग्दी बेनीका एक जना प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ८ सय ८८ पुगेको छ । संक्रमितमध्ये १ हजार ६ सय १२ जना संक्रमणमुक्त भएका छन् ।