logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
832
Shares

पर्सामा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा २८ जना पुरुष र ६ महिला गरी पर्साका ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका २० र पर्सागढी नगरपालिकाका १४ जनामा संक्रमण भेटिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिएका छन् ।

योसँगै जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार पर्सामा १ हजार ९४४ जनामा कोरोना संक्रमण देखिएको छ ।