logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आयल निगम र भन्सार कार्यालयका कर्मचारीसहित ५३ जनामा कोरोना संक्रमण


अंकुरण खबर
1.183K
Shares

नेपाल आयल निगम अमलेखगन्ज डिपो र वीरगन्ज भन्सार कार्यालयका कर्मचारीसहित ५३ जनामा कोरोना पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । आयल निगमका ९ जना कर्मचारी र भन्सारका एक जनामा कोरोना पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

आइतबार राति ३ सय ५ जनाको स्वाब परीक्षण गर्दा ७ महिलासहित साढे २ वर्षदेखि ७२ वर्ष उमेर समूहका ५३ जनामा कोरोना पोजिटिभ देखिएको हो । १९ जना संक्रमित बाराका बासिन्दा हुन् ।

५३ जना संक्रमितमध्ये २८ जनामा कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जमा भदौ ६ गते ८१ जनाको स्वाब संकलन भएको थियो ।

जसमध्ये १६ जनामा कोरोना संक्रमण देखिएको वडाध्यक्ष कृष्णबहादुर ठकुरीले जनाए । उनका अनुसार १६ जनामध्ये ९ जना नेपाल आयल निगमका कर्मचारी हुन् । बाँकी ट्यांकर चालक र स्थानीय हुन् ।